नेपालका ८० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने, ७० अर्ब खर्च हुने

प्रकाशित: 2077-8-6 गते

सरकारले कोरोना भाइरसविरुद्धको भ्याक्सिन (खोप) खरिद गर्न ७० अर्ब रुपैयाँ लाग्ने आकलन गरेको छ। त्यसका लागि आर्थिक स्रोत जुटाउन छलफल सुरु गरिएको छ। १२ वर्ष माथिका नागरिकका लागि ६० अर्बभन्दा बढी बजेट लाग्ने अनुमान छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

‘८० प्रतिशत नागरिकलाई खोप लगाउन ६० देखि ७० अर्ब बजेट लाग्ने अनुमान छ’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने, ‘सबैभन्दा पहिला कुन खोप आउँछ? त्यो खोप कति महँगो हुन्छ रु त्यसका आधारमा पनि बजेट भर पर्छ।’ प्रवक्ता गौतमका अनुसार अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकमा परीक्षण भइरहेका खोपमध्ये प्रभावकारिता र गुणस्तरका आधारमा खरिद गरिनेछ।

निजी क्षेत्र, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, दातृ निकायका साथै विकास साझेदारको पनि सहयोग लिने योजना छ। ‘सम्बन्धित मुलुकको सरकारसँग समन्वय गर्ने र नेपालमा उपलब्ध गराइने आर्थिक सहयोगको केही प्रतिशत खोपलाई छुट्ट्याइदिन आग्रह गर्नुपर्ने हो कि? विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौं’, प्रवक्ता गौतमले भने।

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ ...

ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ...

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझ ...