स्नातक तहको शैक्षिक सत्र खेर नजाने, यस्तो छ त्रिविको तयारी

प्रकाशित: 2077-8-3 गते

कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ।

वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन्।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिए। विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका विद्यार्थीले चैतको हाराहारीमा स्नातकोत्तर तहमा भर्ना हुनसक्ने र त्यसअघि नै नतिजासमेत प्रकाशन गर्ने व्यवस्था मिलाइएको छ । गत वर्ष फागुनमा स्नातकोत्तर तहमा विद्यार्थीको कक्षा सुरु भएकोमा यस वर्ष एक महिनाको हाराहारीमा मात्रै समय फरक पर्ने र यसले समग्र शैक्षिक सत्रलाई कुनै फरक नपार्ने परीक्षा नियन्त्रक जोशीको भनाइ छ।

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ ...

ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ...

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझ ...