अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या साढे दुई लाख नाघ्यो

प्रकाशित: 2077-8-3 गते

अमेरिका : संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण हालसम्म दुई लाख ५० हजारभन्दा बढीको ज्यान गएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

कोरोनाका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएकोभन्दा बढी हो । अहिले त्यहाँ पुन: एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

बुधवार बीबीसीसँग कुरा गर्दै देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश “एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको” बताएका छन् । किनकि जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन् ।

गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ ।

अधिकारीहरूका अनुसार भाइरस सङ्क्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो । यसले तीन लाख बालबालिकालाई असर पर्नेछ । त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन् ।

संवाददाताहरूले कक्षाकोठाहरूमा भएको सङ्क्रमण निकै कम देखिएकाले अहिलेको सङ्क्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन।

बीबीसीसँगको कुराकानीमा फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन् । उनले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताए ।

उनले मानिसहरूलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न पुन: आह्वान गरे । खोप विकास नहुन्जेलसम्म यस्ता सुरक्षात्मक उपाय अपनाउन उनको आग्रह छ ।

बुधवार फाइजर र बायोएनटेकले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूले विकास गरेको खोपले ६५ वर्ष माथिका मानिसहरूमध्ये ९४ प्रतिशतलाई भाइरसबाट जोगाउने देखिएको छ ।

गत साता फाइजर र बायोएनटेकले प्रारम्भिक विवरण दिँदै उनीहरूले विकास गरेको खोपले ९० प्रतिशत काम गर्ने र त्यसबाट कुनै स्वास्थ्य सुरक्षासम्बन्धी खतरा नहुने जनाएका थिए ।

अमेरिकी कम्पनी मोडेर्नाले पनि उसले विकास गरेको खोपले ९५ प्रतिशत सुरक्षा दिने जनाएको थियो । रुसमा विकास गरिएको अर्को एउटा खोपले पनि त्यस्तै सुरक्षा दिने दाबी गरिएको छ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका बीस प्रतिशत जनसङ्ख्यामा कोभिड-१९ विरुद्ध खोप लगाउनका लागि दुई अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताएको छ ।

क्षेत्रीय निकाय पान अमेरिकन हेल्थ अर्गनाइजेसनले भनेको छ- आगामी वर्षको अन्त्यसम्ममा उसले त्यस क्षेत्रमा कम्तिमा दुई अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ । यद्यपि उक्त संस्थाका एकजना प्रवक्ताले यो सबैका लागि पर्याप्त नहुने बताए ।

उसले खोप कार्यक्रममा सहयोगका लागि त्यस क्षेत्रका सरकारहरूसँग नजिकरहेर काम गरिरहेको जनाएको छ ।

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ ...

ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ...

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझ ...