आजदेखि तराई–मधेशमा उत्साहका साथ छठ पर्व शुरु

प्रकाशित: 2077-8-2 गते

काठमाडौं : धार्मिक एवं लोकआस्थाको पर्व छठको तराई–मधेसमा उत्साहका साथ आजबाट शुरु भएको छ । छठपर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिन्छ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन आज व्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प गर्दछन् । यसलाई मिथिला क्षेत्रमा ‘नहाय–खाय’ पनि भनिन्छ ।

त्यसैगरी दोस्रो दिन भोलि पञ्चमी तिथिका दिन व्रतालुले दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिर प्रसाद स्वरुप खाने गर्छन् । यसलाई ‘खरना’ भनिन्छ । पर्वको मुख्य दिन षष्टी तिथिका दिन व्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यलाई अर्घ्य दिन्छन् । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

यसपालि कोभिड–१९ सङ्क्रमणका कारण व्रतालुले घरआँगनमै विधि सम्पन्न गर्ने तयारी गरेका छन् । छठको तयारीका क्रममा मिथिला क्षेत्रमा चहलपहल बढेको छ ।

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ ...

ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ...

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझ ...