रोमानियामा ५ सय नेपाली संक्रमित

प्रकाशित: 2077-7-13 गते

पेरिस : युरोपेली मुलुक रोमानियामा करिब ५ सय जना नेपाली कोभिड–१९ बाट संक्रमित भएका छन् । संक्रमितमध्ये दुई दर्जनको अवस्था गम्भीर छ । केही नेपाली उपचारपछि फर्किएका तथा करिब डेढ सय नेपालीहरू घरैमा आइसोलेसनमा छन् । 

रोमानियाका अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएपछि उनीहरू आफ्नै घरमा बस्न बाध्य भएका हुन् । रोमानियाको राजधानी बुखारेस्टका अधिकांश अस्पतालहरू कोभिड–१९ का बिरामीले भरिएका छन् । रोमानियाका लागि नेपाली वाणिज्यदूत नवराज पोखरेलले तोताल अटो सर्भिस कम्पनीमा कार्यरत ४२ नेपालीमध्ये सबैमा भाइरसको संक्रमण पुष्टि भएको बताए ।

तीबाहेक सुसी रेस्टुरेन्ट, भवन निर्माणलगायत क्षेत्रमा काम गर्ने नेपालीमा कोभिड–१९ देखिएको पोखरेलले जनाए । कान्तिपुर दैनिकबाट

सात वर्षमा १४ हजार महिला बलात्कृत, ६ हजार तीन सय ६३ बालिका

बलात्कारसम्बन्धी जघन्य अपराधका घटना हरेक वर्ष बढ्दै गइरहेका छन् । पछिल्ला सात वर्षमा १४ हजार सात सय ५४ महिला बलात्कारको सिकार भएका छन् । त्यसमध्ये ६ ...

ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने प्रचण्ड-नेपाल पक्षको निष्कर्ष

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चुलिँदै गएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले ...

आज ओलीले राख्दैछन्- पार्टी नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव

सत्तासीन दल नेकपाको सचिवालय बैठकमा आज प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रस्ताव राख्दै छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको असमझ ...