कहिले खुल्छ दशैंको अग्रीम टिकट ?

प्रकाशित: 2077-7-1 गते

लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको भाडा घटाएर साबिककै कायम गरिएपछि बसमा पूरै सिटमा यात्रु राख्न थालिएको छ । यातायात व्यवस्था विभागले शुक्रबार सूचना जारी गरी साबिककै भाडा कायम गरेको हो । सूचना सार्वजनिक हुनासाथ यातायात व्यवसायीले पूरै सिटमा यात्रु राखेका छन् ।

पाँच महिना लामो बन्दाबन्दीपछि यातायात सुचारु गर्दा सिट क्षमताको आधा यात्रु राख्न पाउने मापदण्ड बनाएर असोज १ देखि ५० प्रतिशत भाडा वृद्धि गरेको थियो । वृद्धि गरिएको उक्त भाडा मन्त्रिपरिष्दको असोज २६ को निर्णयले घटाएर पूर्ववत् कायम गरेको थियो । व्यवसायीले शनिबारबाट पूर्ण सिट क्षमतामै यात्रु राखेका छन् ।

सार्वजनिक यातायातका साधनमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी गरिएको सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने विभागले जनाएको छ तर पूर्ण सिट क्षमतामा यात्रु राखेपछि सामाजिक दूरी कायम हुन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले भाडा घटाएर पुरानै कामय गरिनु भनेको पूर्ण सिट क्षमतामा चलाउन भनेको दाबी गर्दै आजैबाट बसका सबै सिटमा यात्रु राखिएको जानकारी दिए । तर मन्त्रिपरिषद्को निर्णयले भाडा घटाए पनि सिट क्षमताको बारेमा कुनै निर्णय गरेको छैन । विभागले पनि भाडा घटाइएको सूचना सार्वजनिक गरेको छ तर पूरै सिटमा यात्रु राख्ने नराख्ने भन्नेबारेमा उल्लेख गरिएको छैन ।

ट्राफिक प्रहरी प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार शनिबार ३ः०० बजेदेखि पूरै सिटमा यात्रु राख्न दिइएको छ । उहाँले भन्नुभयो, “आज ३ः०० बजेदेखि पुरानै व्यवस्थाअनुसार सार्वजनिक यातायात चलेका छन् । पुरानै भाडा र पूरै सिटमा यात्रु राखिएको छ । ” लामो तथा मध्यम दूरीका सवारीसाधनलाई मात्र पूरै सिट खुला गरिएको तर सहरी क्षेत्रका सार्वजनिक सवारीसाधनमा भने सिट क्षमताको आधा कायम गरिएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङको आवश्यकता नरहेको बताएका छन् । कोरोनाको प्रभावका कारण यात्रुको चाप नै नभएकाले अग्रिम जरुरी नरहेको महासङ्घले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय

प्युठान : प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको का ...

आज इस्लाम धर्मका प्रवर्तक मोहम्मदको १४९५ औँ जन्मोत्सव मनाइँदै

काठमाडौं : आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै छ । यसदिन लाई ‘मोहम्मद डे’ पनि भनिन्छ । आजको दिनमा ...

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

काठमाडौँ: भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडे ...