कांग्रेसले दसैँलगत्तै आन्दोलन गर्ने, कोरोना समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको आरोप

प्रकाशित: 2077-6-30 गते

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएकोले दसैँलगत्तै विरोधका औपचारिक कार्यक्रम घोषणा गरी आन्दोलन थाल्ने बताएका हुन् । 

कांग्रेसले गठन गरेको कोभिड– १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि देउवाले दसैँलगत्तै संसद्भित्र र बाहिर देशभर सशक्त आन्दोलन गर्ने बताए । कोभिड– १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रूपमा फैलिएको उनको आरोप छ । 

सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लीन रहेको देउवाको दाबी छ । औषधिको व्यवस्था, क्वारेन्टिन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटरलगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको, तर कुनै पनि काम जिम्मेवारीपूर्वक नगरेको उनले जिकिर गरे । 

कांग्रेस सहमहामन्त्री एवं कोभिड– १९ अनुगमन समितिका संयोजक प्रकाशशरण महतले सरकार नागरिकको स्वास्थ्य सुरक्षा र दैनिक जीवनमा परेको आर्थिक–सामाजिक कठिनाइप्रति संवेदनशील नभएको बताए । उनले सरकारलाई जिम्मेवार बनेर काम गर्न सुझाबसमेत दिए । 

कोभिड– १९ का कारण नागरिक समस्यामा परेको भन्दै उनले उद्धार र राहतको समुचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन उनको माग छ  । 

कांग्रेसद्वारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका विज्ञ र कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिसँग समन्वय गरी अनुगमन गरेको थियो । समितिले कोभिड– १९ संक्रमण समुदायस्तरमा फैलिँदासमेत सरकार गम्भीर नबनेको निष्कर्ष निकालेको नयाँपत्रिकामा खवर छ ।
 

चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। सरकारले आगामी १७ र २७ वैशाखका लाग ...

नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ३ जनामा नयाँ प्रजा ...

बेलायतमा एक मिनेटमा १४० जनाले लगाए कोरोना खोप

काठमाडौं : बेलायतले कोरोनाविरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वि ...