सुरक्षित भएर किनमेलमा निस्कन आग्रह

प्रकाशित: 2077-6-30 गते

काठमाडौँ : सरकारले दशैँको विशेष छुुटका नाममा भीडभाड बढ्दा कोरोना भाइरस फैलिएको भन्दै त्यस्तो भीडभाड रोक्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दशैँ नजिकिँदै गर्दा बजारमा भीड बढेको र व्यापारीले विशेष छुट भन्दै पसल बाहिर सामान बेच्दा भीड बढेसँंगै कोरोनाको जोखिम पनि बढेकाले भीडभाड नियन्त्रणमा ध्यान दिन आग्रह गरे ।

उनले हुल बाँधेर हिँड्ने र बजारमा भीड देख्दा मन्त्रालय अचम्म मात्र होइन, चिन्तित समेत बनेको भन्दै भीडभाडमा नजान आग्रह गरे । प्रवक्ता गौतमले विशेष छुटको लोभमा सामान किन्न जाँदा सङ्क्रमित भइएला भन्ने ध्यान दिन अपिल गरे ।

उनले मास्क नाकमुख छोप्नेगरी लगाएर भौतिक दूरी कायम गरे मात्र कोरोनाबाट बच्न सकिने भन्दै आफू सुरक्षित रहेर मात्र किनमेलमा निस्कन आग्रह गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय

प्युठान : प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको का ...

आज इस्लाम धर्मका प्रवर्तक मोहम्मदको १४९५ औँ जन्मोत्सव मनाइँदै

काठमाडौं : आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै छ । यसदिन लाई ‘मोहम्मद डे’ पनि भनिन्छ । आजको दिनमा ...

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

काठमाडौँ: भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडे ...