गैरनाफामूलक यातायात कम्पनीको रुट परमिट खारेज

प्रकाशित: 2077-6-29 गते

सरकारले गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको छ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङको उपस्थितिमा बिहीबार गृह मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

केही कम्पनीले पुरानै यातायात समितिको सिन्डिकेटलाई निरन्तरता दिने गरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहने गरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

‘तर सबैको खारेज गर्ने भन्ने होइन,’ उनले भने । बैठकले यसअघि गृह मन्त्रालयले गरेको सिन्डिकेट खारेजीको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय पनि गरेको छ ।

जनप्रतिनिधिको चाडबाड खर्च कोरोना कोषमा जम्मा गर्ने निर्णय

प्युठान : प्युठानको मल्लरानी गाउँपालिकाका जनप्रतिनिधिले यस वर्षको चाडबाड खर्च बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । गाउँपालिकाको का ...

आज इस्लाम धर्मका प्रवर्तक मोहम्मदको १४९५ औँ जन्मोत्सव मनाइँदै

काठमाडौं : आज इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९५ औँ जन्मोत्सव नेपालसहित विश्वभर मनाइँदै छ । यसदिन लाई ‘मोहम्मद डे’ पनि भनिन्छ । आजको दिनमा ...

देहरादून घटना : एक साताभित्र विद्यार्थी फिर्ता पठाउने सहमति

काठमाडौँ: भारतको देहरादूनस्थित बौद्धशिक्षा पढाइ हुने शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि गत सोमबार गरिएको कुटपिटको घटनाप्रति एकेडे ...