आन्तरिक हवाई उडान, लामो दूरीको यातायात र होटल असोज १ मा खुल्दै

प्रकाशित: 2077-5-30 गते

काठमाडौंः सरकारले असोज १ गतेदेखि लामो दूरीका सवारी तथा आन्तरिक उडान र होटल सञ्चालन गर्न दिने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको जानकारी दिए ।

मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइने छ । यात्रु राख्दा क्षमताको ५० प्रतिशतद मात्र राख्नु पर्नेछ भने एउटा लहरमा एक जना मात्र यात्रु बस्नु पर्ने भएको छ ।

यात्रुहरूले अनिवार्य मास्क लगाउनु पर्नेछ भने ढोका र गाडीभित्र पनि स्यानिटाइजरको व्यवस्था गरेको हुनु पर्नेछ । यस सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने मन्त्री ज्ञवालीले जानकारी दिए ।

यसैगरी होटल रेष्टुरेन्टहरु पनि असोज १ गतेबाट खुला गर्ने भनिएको छ । सोमबारको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय पनि गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने छ भने मास्क, भाइजर अनिवार्य छ ।

मलमासमा पहिले महिला घर छाड्थे अहिले पुरुष छाड्दै!

स्याङ्जा सदरमुकाम निवासी रोशन लामिछाने असोज १ गते ससुराली पुगे। मलमास छल्न र ससुराली भेटघाटका लागि गएको उनले बताए। सधैंजसो काममा व्यस्त हुने लामिछान ...

कति तल्ला ठडियो धरहरा, कति छ बाँकी?

१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर् ...

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

काठमाडौँ : आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हट ...