भूकम्पको कारण सिन्धुपाल्चोक पहिरोको थप जोखिममा

प्रकाशित: 2077-5-30 गते

सिन्धुपाल्चोक : बुधबार बिहान सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण सिन्धुपाल्चोक जिल्लामा पहिरोको जोखिम बढेको छ । भूकम्पले पहिरोको जोखिम थप बढाएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए । त्यसैले जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्ट रहन निर्देशन दिएको उनले जानकारी दिए ।

बुधबार बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले काठमाडौं उपत्यका र उपत्यका आसपासका जिल्लाहरुलाई पनि हल्लाएको थियो ।

२०७२ सालको भूकम्पले सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोक जिल्लामै भएको थियो । सो भूकम्पका कारण जमिन कमजोर भएकाले यस वर्षको वर्षामा पहिरोले पनि सबैभन्दा धेरै क्षति सिन्धुपाल्चोकमै पुर्याएको छ ।

बुधबार बिहानको भूकम्पले जमिन थप कमजोर बनाएको अनुमान गर्दै प्रजिअ ढकालले पहिरोको जोखिम बढेको कारण आर्मी र एपीएफलाई अलर्ट बस्न भनेका छौ । यसैगरी जिल्लामा भूकम्पले पुर्याएको क्षतिको विवरण प्राप्त नभइसकेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले पनि जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको बताए ।

मलमासमा पहिले महिला घर छाड्थे अहिले पुरुष छाड्दै!

स्याङ्जा सदरमुकाम निवासी रोशन लामिछाने असोज १ गते ससुराली पुगे। मलमास छल्न र ससुराली भेटघाटका लागि गएको उनले बताए। सधैंजसो काममा व्यस्त हुने लामिछान ...

कति तल्ला ठडियो धरहरा, कति छ बाँकी?

१२ वैशाख ०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुनर्निर्माणको काम दुई वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ । सम्झौताअनुुसार दुई वर्षमा पुनर्निर् ...

आन्तरिक उडानमा ५० प्रतिशतमात्रै यात्रु राख्‍नुपर्ने नियम हट्यो

काठमाडौँ : आन्तरिक उडानमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राख्नुपर्ने नियम बनाउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तीन दिनमै पछि हट ...