आज ३९ औं विपी स्मृति दिवस, राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक

प्रकाशित: 2078-4-5 गते

काठमाडौं । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिनुभएको थियो ।

तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले संसद् अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनुप¥यो । पछि उहाँ विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको थियो ।

उहाँले प्रवद्र्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

ओली–नेपाल ‘पर्ख र हेर’ को रणनीतिमा

काठमाडौं । आन्तरिक विवादमा रहेका एमालेका दुवै समूह यति बेला ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए ...

ओली पक्षका ७ सांसद थपिए राष्ट्रपतिमाथि महाअभियोग

काठमाडौं । एमाले केन्द्रीय कमिटीमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाभियोग लगाउने सम्भावनाको चर्चा भएको छ । राष्ट्रपतिलाई महाभियोगमार्फत संसद ...

ओलीको आदेशमा खाजा खर्च मात्रै ४ करोड

काठमाडौं । सुशासन र पारदर्शिताको मामलामा यसरी पनि तुलना गर्ने दिन आयो कि कहाँ धरहराझैं इमानका अग्ला सुशील कोइराला अनि कहाँको साम्यवादी नेता केपी शर्म ...