श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

प्रकाशित: 2078-1-23 गते

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ तोकेको छ ।

यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपियाँ वा दैनिक ५१७ रुपियाँ थियो । योअनुसार श्रमिकको पारिश्रमिक एक हजार ५५० रुपियाँ वृद्धि भएको छ । श्रम ऐनअनुसार श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई वर्षमा पुनरवलोकन गर्नुपर्छ । सोहीअनुरूप एक वर्ष ढिला गरेर सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो ।
गत वर्ष कोरोनाका कारण श्रमिकको पारिश्रमिक बढाउनेभन्दा पनि रोजगारी कसरी जोगाउने भन्ने अवस्था भएकाले एक वर्ष ढिला गरेर सरकारले श्रमिकको पारिश्रमिक तोकेको हो ।

नयाँ व्यवस्थाअनुसार श्रमिकको आधारभूत पारिश्रमिक मासिक नौ हजार ३८५ रुपियाँ तोकिएको छ भने महँगी भत्ता पाँच हजार ६१५ रुपियाँ गरी कुल १५ हजार रुपियाँ कायम गरिएको छ । आगामी साउनदेखि श्रमिकले ३६१ रुपियाँ आधारभूत पारिश्रमिक र २१६ रुपियाँ महँगी भत्ता गरी दैनिक ५७७ रुपियाँ पारिश्रमिक पाउनेछन् । 

राष्ट्रपति संविधान भन्दा माथि हो? न्यायपालिकालाई चुनौती

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सन्दर्भमा राष्ट्रपति कार्यालयको लिखित दाबीले इजलासभित्र र बाहिर गम्भीर बहस जन्माएको छ । राष ...

१९ र १३ दिनमा पदमुक्त भएका मन्त्रीसँग थिए थरीथरीका योजना

केपी ओली नेतृत्वको कामचलाउ सरकारमा नियुक्त भए पनि २० मन्त्री पदभार सम्हालेलगत्तै दीर्घकालीन योजना कोर्दै थिए । तर, सर्वोच्च अदालतको अन्तरिम आदेशले ए ...

१५ वर्षीया किशोरी भन्छिन्- ७ कक्षा पढ्दै गर्दा लभ पर्‍यो, अनि बिहे गरेँ

बाजुराको हिमाली गाउँपालिका–१ वामकी पुष्पकला रोकाया उमेरले १५ की भइन् । उनले पिठ्युँमा दुधे बालक बोकेकी छिन् । झट्ट हेर्दा उनी कुनै अर्कैको बच्चा डुल ...