कोरोना कहर : दक्षिण एसियाली देशमा भुटान मात्रै ‘सेफजोन’मा, यो कसरी सम्भव भयो?

प्रकाशित: 2078-1-20 गते

कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ। भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको खबर आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन्।

भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ। अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पुर्याइएको थियो । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो ।

भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट हालसम्म एकको मात्रै मृत्यु भएको छ। हिमनदी र अग्ला पहाडले घेरिएको देशको कतिपय ठाउँ जान सडकसम्म छैन । भुटान सरकार प्रत्येक नागरिकप्रति उत्तरदायी छ । कोरोना संक्रमित भइहाले स्वास्थ्यमा उच्च सतर्कता र सावधानी अपनाइएको छ।

तर, छिमेकी मुलुक भारतमा दैनिक ३ लाखभन्दा बढी कोरोना संक्रमित भइरहेका छन् । दैनिक कोरोना संक्रमित हुने दरमा भारत पहिलो स्थानमा छ । जहाँ दैनिक ३ हजारभन्दा बढीको मृत्यु भइरहेको छ । नेपालमा मात्रै सोमबार ७ हजार ३ सय ८८ संक्रमित थपिए । यो संख्या कोरोना महामारी फैलिएपछि हालसम्मको नयाँ रेकर्ड हो।

त्यस्तै, सार्क मुलुक पाकिस्तानमा दैनिक ४ हजारको संख्यामा संक्रमित थपिएका छन् । जहाँ ८ लाख ३४ हजार १ सय ४६ संक्रमित भइसकेको छन् । कोरोनाबाट मात्रै १८ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।

अफगानिस्तानमा हालसम्म ६० हजार २ सय ८८ संक्रमित भएका छन् । जसमध्ये २ हजार ६ सय ४२ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो समय अफगानस्तिानमा कोरोना संक्रमित हुने दरमा भने केही कमी आएको पाइन्छ ।

त्यस्तै, माल्दिभ्सिमा ३० हजार ७ सय ४५ संक्रमित भएको रेकर्ड छ । जहाँ हालसम्म ७४ जनाको कोरोनाबाट निधन भएको छ । श्रीलंकामा हालसम्म १ लाख ११ हजार ७ सय ५३ संक्रमित भएका छन् । जहाँ ६ सय ९६ संक्रमितको मृत्यु भइसकेको छ ।

कोरोना महामारीबाट बढी प्रभावित अर्को मुलुक बंगलादेश हो । बंगलादेशमा हालसम्म ७ लाख ६३ हजार ६ सय ८२ संक्रमित भएका छन् । सोमबार मात्रै १ हजार ७ सय ३९ संक्रमित थपिएका छन् । ६५ जना थप कोरोना संक्रमितको मृत्युसँगै बंगलादेशमा मृतक संख्या ११ हजार ६ सय ४४ पुगेको छ।

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक् ...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालन गरिने

काठमाडौँ: वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, न ...

माधव नेपालको दौडधुप

काठमाडौँ : प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादे ...