सांसद तथा नेताहरुलाई महन्थ ठाकुरको निर्देशन–काठमाडौं नछाड्नू

प्रकाशित: 2078-1-20 गते

काठमाडौं । सरकारको विषयमा चरम विवादमा रहेको जसपाका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिका सदस्य र सांसदहरुलाई काठमाडौं नछोड्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि ठाकुरले आफू निकट सांसद तथा नेताहरुलाई यस्तो निर्देशन दिएका हुन । अध्यक्ष ठाकुरले जुनसुकै बेला आवश्यकता पर्न सक्ने भएकाले काठमाडौं बाहिर नजान निर्देशन दिएका हुन् । ठाकुरबाट काठमाडौं फर्कन र यतै भएकालाई उपत्यका बाहिर नजान भनेर निर्देशन दिइएको हो ।

लुम्बिनी प्रदेशमा अध्यक्ष उपेन्द्र यादव समूहले ४ सांसदलाई कारबाही गरेपछि जसपाको विवाद उत्कर्षमा छ । एमालेका मुख्यमन्त्री शंकर पोखरेल सरकारमा मन्त्री बनेका सांसदहरुलाई विधान विपरित कारबाही गरेको भन्दै ठाकुरले त्यसलाई रोक्न निर्वाचन आयोग गुहारेका छन् । यादव पक्षका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध आउने अविश्वासको पक्षमा रहने निर्णय गरिसकेका छन् । तर, ठाकुर समूह ओलीलाई सघाउने पक्षमा छ ।

यसै सन्दर्भमा तत्काल पार्टीको बैठक बोलाउनका लागि सहज होस् भनी कार्यकारिणी सदस्य र सांसदलाई काठमाडौं नछोड्न भनिएको जनाइएको छ । ठाकुर पक्षले काठमाडौंमा नभएका सांसद र कार्यकारिणी सदस्यलाई पनि काठमाडौं बोलाएका हुन । संसद बैठकअघि नै अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलमा बहुमत पु¥याउन प्रयास गरिरहे अनुसार उनीहरुसँग छलफलका लागि काठमाडौं बोलाएका हुन ।

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक् ...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालन गरिने

काठमाडौँ: वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, न ...

माधव नेपालको दौडधुप

काठमाडौँ : प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादे ...