गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख पौडेल र यादवले लिए शपथ

प्रकाशित: 2078-1-20 गते

काठमाडौँ । गण्डकी र सुदूरपश्चिमका नवनवियुक्त प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

गण्डकी र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रमुखहरूले सोमबार राष्ट्रपतिको कार्यालय शितल निवासमा शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले जानकारी दिए । पौडेल र यादवले संविधानको धारा १६७ बमोजिम प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएका भट्टराईले विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त सिफारिस गरेको थियो । उक्त सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले दुवैलाई पदमुक्त गरेकी थिइन् । मन्त्रिपरिषद्को सोही बैठकले प्रदेश प्रमुखमा पौडेल र यादवलाई सिफारिस गरेको थियो । उक्त सिफारिसअनुसार नै राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनियताको शपथ गराएकी हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतको उपस्थिति थियो ।

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक् ...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालन गरिने

काठमाडौँ: वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, न ...

माधव नेपालको दौडधुप

काठमाडौँ : प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादे ...