शैया लुकाउने अस्पताललाई कारवाही गरिने चेतावनी

प्रकाशित: 2078-1-20 गते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि अस्पतालले शय्या लुकाए कारवाही गर्ने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् ।

‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका छन् । ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका हुन् ।

करिब २१ लाखलाई पहिलो डोज खोप
उनले दक्षिण एसिया खोप लगाउने दक्षिण एसियामा दोस्रो राष्ट्र भएको दाबी गरेका छन् । उनले भने, ‘हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको छ । दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको छ, अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेका छन् । यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेका छन् ।’

ओलीले सबै सरकारी तथा निजी अस्पतालले आफूसँग उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही ओलीले चेतावनी दिएका छन् ।

ओलीले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएकाले सरकार गम्भीर रहेको प्रष्ट पारेका छन् । महामारी नियन्त्रण भएसंगै अर्थतन्त्र र रोजगारीका क्षेत्रलाई ध्वस्त हुन नदिन आवश्यक प्रबन्ध गरिने ओलीले प्रष्ट पारेका छन् । उनले लकडाउन थप कडाई हुने भएकाले प्रभावकारी बनाउनका लागि नागरिकलाई अनुरोध गरेका छन् ।

विज्ञहरूको सुझावअनुसार उडान र नाका बन्द
हाल संक्रमण फैलिन नदिनका लागि विज्ञहरूको सुझावअनुसार नै निषेधाज्ञा लगाउनेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएको, भारतसँगका नाका बन्द गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ता
यस्तै, अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गरिने पनि उनले बताए । स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने प्रधानमन्त्री ओलीले बताए ।

ठूला अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने
प्रधानमन्त्री ओलीले ठूला अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने पनि बताए । यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार शैय्याको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएको समेत जानकारी दिए । प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए । यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।

श्रमिकको पारिश्रमिक वृद्धिको सूचना राजपत्रमा

सरकारले आउँदो साउन १ गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रुपियाँ कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक् ...

उपत्यकाका चार स्थानमा कोरोना अस्पताल सञ्चालन गरिने

काठमाडौँ: वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिनेभएको छ । कोभिड–१९ को रोकथाम, न ...

माधव नेपालको दौडधुप

काठमाडौँ : प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादे ...