प्रधानमन्त्रीको भूमिकाप्रति सय प्रतिशत ढुक्क छिन् राष्ट्रपति, भारतीयले पार्टी फुटाइदिएको आरोप

प्रकाशित: 2077-12-25 गते

प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला? गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्- राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको ठहरमा हुनुहुन्छ। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

राष्ट्रपतिको बुझाइअनुसार, भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उहाँको समूहका नेताहरू भारतबाट गाइडेड हुन् । तर, उहाँ पनि सरकार अप्ठेरोमा छ भन्ने निश्कर्षमा पुग्नुभएको छ । उहाँले प्रचण्ड, कांग्रेस र जसपाको धारणामा समानता (सरकार विरोधी) जुट्न गाह्रो छ भन्ने बुझ्नुभएको छ भने राप्रपाको पनि कमल थापा समूहप्रति सकारात्मक हुनुहुन्छ । तर, पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनीप्रति थोपै विश्वास छैन।

उहाँले अनुमान गर्नुभएको छ- मधेसी र शेरबहादुरबीच निकटता बढ्न गाह्रो छ । कांग्रेससँग मधेशी मिल्दा त्यहाँ एमालेलाई क्षति हुने उहाँको बुझाई छ । र, भन्ने गर्नुहुन्छ, ‘पुस ५ को संसद विघटनपछि पार्टी फुटाउने काममा भारतीयहरू सफल भए।’ प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको भन्ने कुरा उहाँलाई लागेकै छैन।

जनमोर्चाले पनि समर्थन फिर्ता लिने, एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले समर्थन फिर्ता लिने तयारी गरेसँगै एमाले नेता पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा पर्ने भ ...

सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म जसपा नखुल्ने

जनता समाजवादी पार्टी (जसपा) ले सत्ता समीकरणको विषय संसद्मा प्रवेश नगरेसम्म यसबारेमा नबोल्ने निर्णय गरेको छ।आइतबार साँझ बसेको जसपाको शीर्ष नेताहरुको ...

नेपालमा दैनिक दुईवटाका दरले निर्माण हुँदैछन् झोलुंगेपुल

सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालिएको छ। भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार ...