दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध लगाइँदै

प्रकाशित: 2077-12-23 गते

सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ। घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व नउठेपछि सरकारले एजेन्सीमार्फत मात्रै खरिद गर्न सकिने नयाँ व्यवस्था ल्याउन लागेको खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

दलालीमार्फत किनबेच हुँदा करको दायरामा नदेखिएपछि सरकारले एजेन्सीबाट किनबेच व्यवस्था गर्न लागेको छ । ‘संसारभर एजेन्सीमार्फत नै घरजग्गा किनबेच हुन्छ,’ नेपाल राजस्व परामर्श समिति अध्यक्ष महेशप्रसाद दाहाल भन्छन्, ‘तर, नेपालमा दलालीले घरजग्गा खोज्ने, किन्नेले चित्त बुझाएर लिएको अवस्थामा केही प्रतिशत कमिसन दिने गरेको पाइन्छ । अब त्यसलाई एजेन्सीमार्फत खरिदबिक्री व्यवस्था मिलायौं भने करको दायरा फराकिलो हुन आउँछ।’

अहिले घरजग्गाको वास्तविक लाभकरसमेत नतिरिएको अवस्था छ । लाभकर जतिसक्दो कम तिरेर जग्गा पास गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिएको समितिको ठहर छ । एउटा जग्गा बिक्री गर्दा त्यसबाट ३० लाख रुपैयाँ लाभ गरे पनि उसले कुल ५ लाख रुपैयाँमा मात्रै बिक्री गरेको देखाएर लाभकर मात्र बुझाउने गरेको पाइएको दाहाल बताउँछन्।

यद्यपि, सरकारले एजेन्सीमार्फत घरजग्गा किनबेच व्यवस्था गर्नेबित्तिकै एजेन्सी स्वयं करको दायरामा आउने भएको छ । उसको कमिसन आम्दानीका रूपमा देखिने र त्यसबाट राज्यले वार्षिक पाउने आयकर पनि पाउने छ । समितिले सरकारलाई बजेटमा सो व्यवस्था राख्नेगरी सुझाव दिन लागेको हो ।

३ साता विद्यालय बन्द गर्न सीसीएमसी बैठकको प्रस्ताव

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले नयाँ प्रजातिको कोरोना बढेको भन्दै विद्यालय कम्तीमा ३ साता बन्द गर्न प्रस्ताव गरेको छ । सो प्रस्ता ...

बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्यराति ढुङ्गा हानाहान

भक्तपुरमा हिजोदेखि शुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन् । ...

चिनियाँ नाका छा्डदै व्यवसायी, भारतीय नाकातर्फ आकर्षित

काठमाडौँ : व्यवसायी नारायण घिमिरेले चीनसँग जोडिएको तातोपानी र रसुवागढी नाका छाडेर भारतको कोलकाता बन्दरगाहबाट सामान आयात गर्न थालेको पाँच वर्ष बितेको ...