प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला

प्रकाशित: 2077-11-11 गते

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेको छ । संसद विघटन मुद्दामा फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई अमान्य घोषणाको फैसला सुनाएका थिए । आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए ।

वन मन्त्रालयमा भत्ताकै लागि एक दिनमै एक-एक घन्टाको फरकमा चारपटक बैठक

वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरि ...

ई-चुरोटको लतमा युवा, विज्ञ भन्छन्- यो झन् हानिकारक छ

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसम ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिनमै ७०१ थप, अझै बढ्न सक्ने

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ...