दुलही लिन हेलिकोप्टर चार्टर

प्रकाशित: 2077-11-10 गते

आइतबार सिरहाको अर्नामा गाउँपालिका-२ ब्रह्मपुरीको मसुरोको खेतमा हेलिकोप्टर अवतरण हुँदा छिमेकी गाउँसम्मका मानिसको भीड लाग्यो। यहाँ कुनै राजनीतिक कार्यक्रमका लागि नेता ओर्लिएका थिएनन्। गाउँपालिकाको वडा नम्बर ४ लट्टाटोलबाट दुलाहा दिनेश यादव विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेर आएका थिए।

भीड दुलाहा हेर्न नभई हेलिकोप्टर हेर्न जम्मा भएको थियो। उत्साहित स्थानीयले लहलहाउँदो मसुरोको परवाहै नगरी हेलिकोप्टर अवतरणको अनुमति दिए।  आइतबार दुलाहा दिनेशसहित बेहुला पक्षका पाँचजना चढेको हेलिकोप्टर मसुरोको खेतमा अवतरण भयो र सोही दिन राति दिनेशसँग ब्रह्मपुरीकी सपना यादव वैवाहिक जीवनमा बाँधिइन्। वैवाहिक कार्यक्रम सम्पन्न भएपछि दिनेशले दुलही सपनालाई सोमबार दिउँसो ४ बजे कैलाश हेलिकोप्टर सर्भिसेजकै हेलिकोप्टर चढाएर लट्टाटोल लगेका हुन्।

अर्नामा गाउँपालिकामा हेलिकोप्टर चार्टर गर्ने दिनेश पहिलो व्यक्ति हुन्। दुलाहा दिनेश र उनका बुवा रामविलाससहित पाँचजना जन्ती हेलिकोप्टरमा आएका थिए। पेसाले किसान रामविलासका एक्ला छोरा हुन् दिनेश। उनी पेसाले मेडिकल प्रतिनिधि हुन्।

वन मन्त्रालयमा भत्ताकै लागि एक दिनमै एक-एक घन्टाको फरकमा चारपटक बैठक

वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरि ...

ई-चुरोटको लतमा युवा, विज्ञ भन्छन्- यो झन् हानिकारक छ

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसम ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिनमै ७०१ थप, अझै बढ्न सक्ने

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ...