सरकार–विप्लवबीच भित्रभित्रै वार्ता

प्रकाशित: 2077-11-10 गते

काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रुपमा भित्रभित्रै वार्ता गर्दै आएको छ । सरकारी पक्षले वार्तालाई परीणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परीणामनजिक पुगेपछि औपचारिकरुपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रुपमा नै वार्ता गरिरहेको स्रोतले जनाएको छ ।

यसबीच बालुवाटार र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदानसमेत भइसकेको छ । आइतबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूहका तर्फबाट सोही समूहका नेता चिरन पुनबीच काठमाडौँमा नै वार्ता भएको थियो ।

सो वार्तामा अब बस्ने मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने र सरकारको तर्फबाट वार्ता टोली गठनको निर्णय गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार यसअघि नै पत्रमार्फत् विप्लव समूहले आफ्ना माग सरकारी पक्षलाई दिएको थियो ।

सरकारी पक्ष जघन्य अपराधमा संलग्नलाई भने छाड्न सहमत छैन । वार्ता जारी राखिँदा सरकारी पक्षले विप्लवका नेता तथा कार्यकर्तालाई भने पक्राउ गर्ने क्रम बन्द गरेको छ ।

वन मन्त्रालयमा भत्ताकै लागि एक दिनमै एक-एक घन्टाको फरकमा चारपटक बैठक

वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरि ...

ई-चुरोटको लतमा युवा, विज्ञ भन्छन्- यो झन् हानिकारक छ

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसम ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिनमै ७०१ थप, अझै बढ्न सक्ने

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ...