८० प्रतिशतभन्दा बढी बलात्कार परिवार र चिनेजानेकै व्यक्तिबाट

प्रकाशित: 2077-11-10 गते

काठमाडौँ : २०७४–७५ मा १ हजार ६ सय ७४ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । तीमध्ये १ हजार २ सय ९० वटा चिनेजानेकै व्यक्ति संलग्न भएको प्रहरी तथ्यांकले देखाउँछ । ३ सय ८४ वटा चिनजानबाहिरका व्यक्ति संलग्न देखिए ।

२०७५–७६ मा २ हजार ५ सय ७० वटा घटना भए । तीमध्ये २ हजार ७३ वटा चिनेजानेकै र ५ सय ३२ वटा चिनजानबाहिरका व्यक्तिको संलग्नता भेटियो । २०७६–७७ मा २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भए । प्रहरी केन्द्रीय प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार १ हजार ९ सय ५२ वटा चिनेजानेकै व्यक्ति संलग्न भएको पाइयो ।

२०७७–७८ मा १ हजार ४ सय २७ वटा घटना प्र्हरीमा दर्ता भएका छन् । यी घटना पनि चिनेजानेकै व्यक्ति बढी संलग्न रहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी प्रवक्ता कुँवरका अनुसार तथ्यांक हेर्दा १ हजार १ सय ४३ घटनामा चिनेजाने कै र २ सय ८४ वटामा चिनजान नभएका व्यक्ति संलग्न देखिएका आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

वन मन्त्रालयमा भत्ताकै लागि एक दिनमै एक-एक घन्टाको फरकमा चारपटक बैठक

वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरि ...

ई-चुरोटको लतमा युवा, विज्ञ भन्छन्- यो झन् हानिकारक छ

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसम ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिनमै ७०१ थप, अझै बढ्न सक्ने

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ...