विकासका लागि ताजा जनादेश अनिवार्य : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छिन् । प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने पनि बताइन् । उनले भनिन्,“शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन जरुरी भएको तथा आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताउनुहुँदै स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभयो,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले निर्वाचनमा बढी भन्दा बढी मतदाताको सहभागिता गर्ने गराउनेतर्फ कार्य गर्न, सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदान स्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन राष्ट्रपति भण्डारीले सुझाव दिइन् । आयोगले आज वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरि ...
युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसम ...
कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ...