अहिलेको राजनीतिक संकटले विप्लव उत्साहित!

प्रकाशित: 2077-9-28 गते

नेत्रविक्रम चन्द ‘विप्लव’ ले पुस ५ गतेको संसद् विघटनसँग विदेशी शक्तिकेन्द्रको स्वार्थ गाँसिएको बताउँदै मुख्यतः दुई कारण औँल्याएका छन्। ‘पहिलो, पूर्वएमाले र माओवादी केन्द्रबीचको अपवित्र एकता । दोस्रो, विदेशी शक्तिकेन्द्रहरूको हस्तक्षेप। एउटा दलाल पुँजीवादी सत्ताको असफलता, अर्को सरकारी पार्टी र गुटहरूको असफलता । एउटा दलाल पुँजीपति वर्गभित्रको स्वार्थ संघर्ष, अर्को सरकारी पार्टीभित्रका गुटहरूको संघर्ष।’

उनले भने, ‘यो कुनै आकस्मिक घटना होइन बरु तीन दशकको असफलतासहित आइरहेको संसदीय व्यवस्थाकै नयाँ संकट मात्र हो । यो केपी ओलीको सरकार भएका कारणले मात्र होइन, अरुको सरकार भए पनि ढिलो चाँडो हुन्थ्यो।’

आजको जनआस्था साप्ताहिकका अनुसार यसको निकासबारे राजनीतिक शक्तिले तीन वटा धारणा प्रस्तुत गरेका छन् । पहिलो केपी सरकारलाई फेरेर अरू कुनैको नेतृत्वमा नयाँ सरकार बनाउने, दोस्रो संसदीय व्यवस्थाकै चुनाव गरेर नयाँ सरकार बनाउने, तेस्रो असफल संसदीय व्यवस्थालाई विस्थापित गरेर जनगणतन्त्र या वैज्ञानिक समाजवादको स्थापना गर्ने। हाम्रो विचारमा अगाडिका दुई विकल्प यथास्थितिमै देशलाई घुमाउने गलत धारणा हुन् । तेस्रो विकल्प अर्थात् वैज्ञानिक समाजवाद स्थापना गर्नु नै उत्तम विकल्प हो । देश क्रमशः त्यही दिशामा जान्छ र लानुपर्छ।

सरकारी नेकपाको फुटले तत्काल देशलाई अस्थिरताको तरंग दिए पनि दीर्घकालीन दृष्टिले देशलाई आमूल परिवर्तन तथा स्थिरतातिर लैजान सघाउ पु¥याउँछ।

नेपालमा जनता कम्युनिष्ट समर्थक र वैज्ञानिक समाजवादी राज्य व्यवस्थाका पक्षपाती छन् । यो जनमतलाई अवसरवादी, संसद्वादी सरकारी नेकपाले संसदीय व्यवस्थाभित्रै घुमाउने सम्भावना कमजोर भएको छ । संसदीय व्यवस्थाबाट जनताले शान्ति र समृद्धि प्राप्त गर्न सक्दैनन् भन्ने साधारण नागरिकले पनि बुझ्ने गरी स्पष्ट भएको छ । यसले आमूल परिवर्तनतिर जान मद्दत गर्छ।

वन मन्त्रालयमा भत्ताकै लागि एक दिनमै एक-एक घन्टाको फरकमा चारपटक बैठक

वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरि ...

ई-चुरोटको लतमा युवा, विज्ञ भन्छन्- यो झन् हानिकारक छ

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसम ...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दिनमै ७०१ थप, अझै बढ्न सक्ने

कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ...