परराष्ट्रमन्त्री ज्ञवाली बिहिबार भारत जाँदै

प्रकाशित: 2077-9-28 गते

काठमाडौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । भ्रमण (कोभिड-१९) को सहकार्य र नेपाल-भारत सीमाको विषयमा केन्द्रीत हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज जारी गरेको मन्त्रालयको विज्ञप्तिमा मन्त्री ज्ञवालीले नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन बिहीबारदेखि शनिबारसम्म भारतको भ्रमण गर्ने उल्लेख छ । प्रतिनिधिसभाको विघटनपछि भइरहेको घटनाक्रमका माझ परराष्ट्रमन्त्रीको भारत भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कतिपयले आगामी वैशाखमा चुनाव गराउने घोषणा गरेको सरकार काम चलाउ भइसकेको भन्दै यसले महत्वपूर्ण सवालहरूमा निर्णय गर्न नसक्ने बताइरहेका छन् । तर नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले आफ्ना समकक्षीसँगै संयुक्त आयोगको बैठकमा भाग लिने बाहेक उच्चस्तरीय भेटवार्ता गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भारत संयुक्त आयोगको छैठौँ बैठकका क्रममा नेपाल-भारत सम्बन्धका कतिपय विषयहरूमाथि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसमा व्यापार, पारवहन, उर्जा, सीमा, (कोभिड-१९) सहकार्य, पूर्वाधार र सम्पर्क सञ्जाल, लगानी, कृषि, पर्यटन, संस्कृति सहितका विषय पर्ने उल्लेख गरिएको छ । यसअघि सार्वजनिक रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणका क्रममा “नेपालले भारतले अतिक्रमण गरेको भूमी भन्दै आएको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र फिर्ता गराउने विषयमा कुराकानी हुने” बताएका थिए ।

नेपालको प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र मन्त्रालयका सचिव, स्वास्थ्य मन्त्रालयका सचिव सहित अरू वरिष्ठ अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष काश्मीरको विशेष हैसियत समाप्त पार्ने क्रममा भारतले कालापानी क्षेत्रसहितको भू-भाग समेटेर नक्सा जारी गरेपछि नेपालले विरोध जनाएको थियो ।

त्यसपछि दुवै देशबीच कूटनीतिक स्तरमा चिसोपन देखा परेको थियो । ज्ञवालीको भ्रमण सीमा विवादपछि नेपालको तर्फबाट हुने सबैभन्दा पहिलो उच्चस्तरको भ्रमण हो ।

चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। सरकारले आगामी १७ र २७ वैशाखका लाग ...

नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ३ जनामा नयाँ प्रजा ...

बेलायतमा एक मिनेटमा १४० जनाले लगाए कोरोना खोप

काठमाडौं : बेलायतले कोरोनाविरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वि ...