संवैधानिक इजलास गठन, हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान

प्रकाशित: 2077-9-28 गते

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनको सुुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन गरेका छन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना प्रधान मल्ललाई संवैधानिक इजलासमा राखेका छन् । यसअघि तोकिएका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी यथावत छन् । गत शुक्रबार कार्कीउपर नैतिक प्रश्न उत्पन्न भएपछि न्यायाधीश कार्कीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा नहेर्ने घोषणा गरेका थिए । त्यसपछि त्यस दिनको सुनुवाइ स्थगित भएको थियो । ओली यसअघि प्रधानमन्त्री भएका बेला कार्की महान्यायाधिवक्ता नियुक्त भएका थिए ।

प्रधानमन्त्रीका सल्लाहकार महान्यायाधिवक्ता भएका कार्कीले ओलीले गरेका प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न मिल्दैन भनेर कानुन व्यवसायीले आपत्ति जनाएपछि कार्कीले इजलास छाडेका थिए । तर कार्कीको स्थानमा प्रधानन्यायाधीश जबराले सपना प्रधान मल्ललाई संवैधानिक इजलासमा राखेका छन् । यसपटक पनि प्रधानन्यायाधीशले रोष्टरमा रहेका वरिष्ठ न्यायाधीशहरुलाई राखेनन् । आज तोकिएका न्यायाधीश प्रधान नेकपा एमालेबाट सांसद भइसकेकी छन् । एमालेका तर्फबाट संविधानसभा सदस्य भएकी प्रधानलाई प्रधानन्यायाधीशले संवैधानिक इजलासमा राखेका छन् ।

चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। सरकारले आगामी १७ र २७ वैशाखका लाग ...

नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ३ जनामा नयाँ प्रजा ...

बेलायतमा एक मिनेटमा १४० जनाले लगाए कोरोना खोप

काठमाडौं : बेलायतले कोरोनाविरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वि ...