सुतिरहेको ठाउँमा १६ वर्षीया छोरीमाथि बुवाआमाले नै झोसे आगो

प्रकाशित: 2077-9-27 गते

कक्षा ९ मा पढ्दै गरेकी मानाकुमारी साह १५ औँ वसन्त पार गरेर १६ औँ वर्षमा लागेकी थिइन्। पढेलेखेर आफैँले रोजेको जीवनसाथीसँग हाँसिखुसी जीवन विताउने रहर थियो उनको। तर, त्यही रहर उनको जीवनलीला सिध्याउने कारण बन्यो। कथित तल्लो जातको केटासँग नजिकिएको आशंकामा बुवाआमाले छोरी मानाकुमारीको घरभित्रै जलाएर बिभत्स हत्या गरेको रहस्य खुलेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा वीरगञ्जबाट क्रान्ति साहले लेखेकी छन्।

पर्साको बहुदरमाई नगरपालिका ८ रामनगरी गाउँका मनबोध साहको घरमा कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागी भयो। आगलागीमा जलेको घरभित्र मानाकुमारीको शव पनि जलेको अवस्थामा भेटिएको थियो।

त्यतिबेला बुवाआमाले छोरी निदाएकै अवस्थामा घरमा आगो लागेकाले बचाउन नसकिएको बताएका थिए। तर, घटनास्थल पुगेका प्रहरी अधिकृतले घरमा भएको आगलागी र मानाकुमारीको शवको प्रकृत्ति शंकास्पद देखेपछि अनुसन्धान अगाडि बढाएको थियो।

अनुसन्धानका क्रममा आफूहरुले मन नपराएको गाउँकै युवकसँग सम्बन्ध बनाएको निहुँमा बुवाआमाले नै छोरीलाई घरभित्रै जलाएर हत्या गरेको वास्तविकता खुलेको इलाका प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपक थापाले बताए।

चुनावका लागि १ लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ। सरकारले आगामी १७ र २७ वैशाखका लाग ...

नेपालमा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं : नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका ३ जनामा नयाँ प्रजा ...

बेलायतमा एक मिनेटमा १४० जनाले लगाए कोरोना खोप

काठमाडौं : बेलायतले कोरोनाविरुद्धको खोप वितरण कार्यलाई तीव्रता दिएको छ । कोरोना संक्रमण वृद्धिदर भन्दा पनि तीव्र गतिमा कोरोना विरुद्धको भ्याक्सिन वि ...