खोटाङमा मोही ठानेर किरा मार्ने विषादी पिउँदा एक किशोरी गम्भीर बिरामी परेकी छन्। घोलेर बोतलमा राखेको विषादीलाई मोही ठानेर पिउँदा हलेसी तुवाचाङ नगरपालिका–१ बाहुनडाँडा ट्याम्टुककी अम्बिका राई सिकिस्त भएकी हुन्।
उपचारका लागि अम्बिकालाई काठमाडौं लगिएको आफन्त एवं स्थानीय शिक्षक दिलीप राईले जानकारी दिए। अहिले ओम अस्पतालको आईसीयूमा राखेर अम्बिकाको उपचार भइरहेको किशोरीका बाबु क्षेत्रबहादुर राईले जानकारी दिए।