त्यसैगरी अबैद्य रुपमा अकुत सम्पत्ति जोडेका २० हाइप्रोफाइल व्यक्तिको आय श्रोत सम्पत्ति शुद्धीकरण विभागले खोज्न थालेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ। बस्न्यातसँग अर्बभन्दा बढी सम्पत्ति रहेको उजुरीका आधारमा अनुसन्धान थालिएको हो । यद्यपि, हालसम्मको अनुसन्धानमा उनकै नाममा मात्र धेरै सम्पत्ति नदेखिएको स्रोत बताउँछ।
बत्तीसपुतलीमा घर भएका बस्न्यातको होटेल, रिसोर्ट, ब्यांक्वेट तथा म्यानपावर कम्पनीमा भएको लगानीको विवरण विभागले संकलन गरिसकेको छ । आफन्तहरूको नाममा धेरै सम्पत्ति रहेको सूचना पाएपछि विभागले त्यसतर्फ अनुसन्धान केन्द्रित गरेको छ । बस्न्यातसँग बालुवाटारको जग्गा प्रकरणमा अख्तियारले समेत बयान लिइसकेको छ ।
उनी भौतिक योजना मन्त्रालयको सचिव हुँदा सो जग्गा मोहीलाई दिनेसम्बन्धी प्रस्ताव अघि बढाएका थिए । अख्तियारको प्रमुख आयुक्त हुँदा धेरै गम्भीर उजुरी तामेलीमा राखेपछि उनी विवादमा मुछिएका थिए ।
त्यस्तै, अख्तियारको आयुक्त हुँदा ७८ लाख घुस प्रकरणमा मुछिएका पाठकमाथि अख्तियारले समेत मुद्दा चलाइसकेको छ । नेपाल इन्जिनियरिङ क्याम्पसको विवादमा लम्बोदर न्यौपानेको पक्षमा निर्णय गराइदिने भन्दै उनले घुस लिएका थिए ।
काम पनि नगरेको र घुस पनि फिर्ता नगरेपछि घुस लेनदेन कुराकानीको भिडियो बनाएर आयोगमा उजुरी परेको थियो ।
उनी ७८ लाख धरौटी बुझाएर छुटेका छन् । लामो समय महान्यायाधिवक्ता कार्यालयमा काम गरेका पाठक करिब चार वर्षसम्म अख्तियारमा आयुक्तको जिम्मेवारीमा थिए । अख्तियारमै रहँदा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धीकरण विभागले समेत विस्तृत अनुसन्धान थालेको स्रोत बताउँछ। जिनी मेडिकल कलेजका सबै सञ्चालक पनि विभागको छानविनमा परेका छन्।
नोवेल मेडिकल कजलेका प्रमुख सुनील शर्मा, बीएण्डसी अस्तालका सञ्चालक दुर्गा प्रसाईं, नेसनल मेडिकल कलेजका प्रमुख बसरुद्धिन अन्सारी र गण्डकी मेडिकल कलेजका प्रमुख खुमा अर्यालमाथि विभागले छानविन सुरु गरेको हो। त्यसैगरी गायिका आनी छोइङ डोल्मा पनि छानविनमा छिन्। बालुवाटार जग्गा प्रकरणका नायिके शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि पनि छानविन भइरहेको छ।