नेपाल यतिबेला आर्थिक सामाजिक रुपान्तरण गर्दै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । ‘समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रा सांस्कृतिक महत्वका पर्वहरुलाई पर्यटन प्रवद्र्धनसँग जोड्नु आवश्यक छ’ प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन्, ‘प्राचीन महत्वका मौलिक विशेषता भएका यस्ता पर्वहरु विदेशी पर्यटकको आकर्षण गर्ने कडी बन्न सक्छन् । त्यस पक्षलाई पनि आत्मसात गर्दै अघि बढ्न म सबैमा आग्रह गर्दछु ।’
प्रधानमन्त्री ओलीले नेपालमा बहुभाषा, बहुधर्म र बहुसंस्कृतिको देश भएको उल्लेख गरेका छन् । ‘एकअर्काको समुदायका संस्कृतिलाई हामीले साझा समाजिक–सांस्कृतिक निधि मान्दै आएका छौं । यही सांस्कृतिक विशेषताका कारण हामी सम्पूर्ण नेपाली एकताको सुत्रमा बाँधिएका छौं । उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सहकालसहित मनाइने पर्वको रुपमा स्मरण गरेका छन् । प्रधानमन्त्री ओलीले इन्द्रजात्रालाई सांस्कृतिक पर्वका रुपमा संरक्षण गरिएको बताए ।
‘इन्द्रजात्राका बारेमा वाल्मीकि रामायण, महाभारत, हरिबंश पुराण, कालिका पुराण, विष्णु धर्माेत्तर पुराण, बृहत संहिता, भविष्य पुराण र संस्कृत भाषाका महाकवि कालिदासको रघुवंशमा पनि उल्लेख हुनुले यसको पौराणिकता पुष्टि हुन्छ’ प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गरेका छन्, ‘पौराणिक कालदेखि निरन्तर कायम रहँदै आएका यस्ता सांस्कृतिक पर्वहरुको जगेर्ना हुनुुलाई हामीले नेपालको सांस्कृतिक सवलताका रुपमा लिनुपर्छ ।’