तीव्र औद्योगिककीकरणका कारण सन् १८५० देखि सन् १९०० सम्मको अवधि अत्यधिक तातेको थियो। त्यसयता १ डिग्री तापक्रम बढिसकेको छ। यसलाई वैज्ञानिकहरूले अत्यन्त जोखिमपूर्ण मानेका छन्।
विश्वव्यापी तापक्रम वृद्धिलाई सीमित गर्न नसके जलवायु परिवर्तनका घातक प्रभावबाट जोगिन नसकिने उनीहरूले औंल्याएका छन्। न्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज -आइपीसीसी_ले बढ्दो तापक्रम नियन्त्रण गर्न नसके ठूलो विनाशको सामना गर्नुपर्ने चेतावनी दिइसकेको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ।
अहिलेकै गतिमा रहने हो भने यो शताब्दीको अन्त्यसम्ममा ३ देखि ५ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने वैज्ञानिकहरुले आँकलन गरेका छन्। त्यसरी तापक्रम बढेमा समुद्री सतह उठ्ने, लाखौं मानिस विस्थापित हुने, कतै खडेरी पर्ने, कतै भारी वर्षा हुने अवस्था आउनेछ। धान, मकै, गहुँजस्ता अन्नबाली उत्पादन क्षमता पनि खतरामा पर्नेछ।