साउन १८ गते सिंगापुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओली ९ दिनको सिंगापुर बसाइपछि सोमबार फर्केका थिए । ओलीको सिंगापुरको 'नेसनल युनिभर्सिटी हस्पिटल'मा स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणपछि नेपाल फर्केका उनलाई समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् ।
उपचारमा संलग्नमध्येका डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर नभएपछि पुन: सिंगापुर जाने कार्यक्रम तय भएको जानकारी दिए । स्वास्थ्य मानिसमा 'क्रिटिनिम'को मात्रा १ दशमलव ४ हुन्छ । त्यो दर प्रधानमन्त्रीको बढेर गएको डा. सायमीले बताए । बरिष्ठ चिकित्सकहरुले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था गोप्य नराख्न नीजि चिकित्सकहरुलाई आग्रहसमेत गरेका छन् ।
क्रिटिनिनको मात्रा बढ्दै गएकाले चिकित्सकहरुले ओलीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । मिर्गौला ड्यामेज हुन सक्ने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।