सोमबार चलचित्र विकास बोर्डको १९ औँ वार्षिर्कोत्सवका अवसरमा आजधानीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘आइफा अर्वाडलाई १ अर्ब दिने निर्णय भयो भन्ने सुनेको छु, मैले मन्त्रिपरिषद्को निर्णयको पाना पल्टाएर हेरेको छु। जम्मा एउटा वाक्य छ त्यसमा आइफा अवार्डलाई नेपालमा आयोजना गर्नका लागि स्वीकृति दिने। त्यहाँ १ रुपैयाँ पनि दिने अनुमति भएको छैन।’
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा चलचित्र विकास बोर्डका प्रथम अध्यक्ष यादव खरेलले सरकारको निर्णय राष्ट्रविरोधी भएको आरोप लगाएका थिए।
अध्यक्ष खरेलको कुरालाई व्यंग्य गर्दै मन्त्री बाँस्कोटाले भने, ‘हुँदाहुँदै यादव खरेलजस्तो सिनियर कलाकारलाई पनि भड्काएछन्।’