३६.५ ओभरको खेलमा श्रीलंकाका तर्फबाट कोपनर कुशल परेराले सर्वाधिक ७८ रन बनाए। उनले ८१ बलमा ८ चौका प्रहार गर्दै उक्त रन जोडेका थिए । १ छक्का प्रहार गर्दै इसरु उडानाले २१ बलमा १० रन हानेर दवालत जडान द्वारा आउट भएका हुन्।
अर्का ओपनर दिमुथ करुणारत्नेले ४५ बलमा ३ चौकाका साथ ३० रनको योगदान दिए। त्यस्तै अन्य खेलाडी लहिरु तिरिमनेले २५ रन, सुरुङ्गा लकमलले १५ का साथै कुशल मेन्डिस र थिसेरा परेराले समान २–२ रन बनाए। विश्वप्रख्यात बलर लाथिर मालिङ्गाले १ चौका प्रहार गर्दै ४ रन बनाएका थिए ।
अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिएका थिए भने दवालत जडान र रसिद खानले समान २–२ विकेट लिए। हमिद हसनले एक विकेट लिएका थिए। जवाफि ब्याटिङमा उत्रिएको अफगानिस्तानले लक्ष्य भेटाउन सकेन।
उसले पुरा विकेट गुमाउदा कुल एक सय ५१ रनमा समेटियो। ओपनर मोहम्मद सहजाद र हज्रतुल्लाह जजाईले सात र ३१ रन बनाएका थिए। मोहम्मद सहजादले १२ बलमा एक चौका प्रदान गरे भने हज्रतुल्लाह जजाईले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।
इनिङकै उच्च स्कोर बनाएका नाजिवुल्लाह ज्रदानले ५६ बलको सामना गर्दै६ चौकाको सहयोगमा ४३ रन बनाए। गुलाबदिन नाइबले ३२ बलमा २३ रन बनाए उनले २ चौकासमेत प्रहार गरे भने मोहम्मद नाबीले एक चौका को सहयोगमा १६ बल खेल्दै ११ रन बनाए।
अन्य खेलाडीले भने दोहोरो अंक ल्याउन सकेनन्। जसमा रहमत शाह, हसमतुल्लाह शाहिदी, रसिद खान, दवलत जडान अमिद हसान र मुजिव उर रहमान छन् उनीहरुले क्रमशः २, ४, २, ६, ६ र १ रनको योगदान दिए। श्रीलंकाका नुवान प्रदिपले ४ विकेट लिए त्यस्तै लाथिस मालिङ्गाले ३ विकेट लिए भने इसरु उडाना र थिसेरा परेरा ले १–१ विकेट लिएका थिए।