यससँगै युरोपियन च्याम्पियन्स लिगबाट आउट भएको बार्सिलोनाको घाउमा भ्यालेन्सियाले अर्को चोट थपिदिएको छ । बार्सिलोना यो उपाधि जितेर च्याम्पियन्स लिगमा बेहाेरेकाे हार थाेरै भए पनि भुल्न चाहन्थ्याे। तर, उसको सपना भ्यालेन्सियाले चकनाचुर पारिदियो ।
रियल बेटिसको घरेलु रंगशाला बेनिटो भिल्मारिन स्टेडियममा भएको खेलमा भ्यालेन्सियाले पहिलो हाफमा २–० को सहज अग्रता लिएको थियो । २१औं मिनेटमा केभिन गेइमेरोले पहिलो गोल गरेका थिए । त्यसपछि खेलको ३३औं मिनेटमा रोड्रिगोले गोल गर्दै खेल २–० बनाए ।
त्यसअघि पनि बार्सिलोना १ गोल खानबाट जोगिएको थियो । खाली पोस्टमा जेरार्ड पिकेले १ गोल हुनबाट बचाएका थिए ।