काठमाडौँ, रङ्गवादी साहित्यका अभियन्तामध्ये एक कवि धर्मेन्द्र नेम्बाङको कविताकृति 'मैले बोल्दा देशको नक्सा हल्लिन्छ' विमोचित भएको छ। राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार आयोजित एक भव्य समारोहकाबीच कवि धर्मेन्द्रको किताब सार्वजनिक गरिएको हो। सङ्ग्रहमा धर्मेन्द्रका नयाँ र पुराना गरेर कुल ३९ कविताहरु समावेश छन्।
विमोचन कार्यक्रममा अतिथि वक्ताका रुपमा पूर्वकुलपति बैरागी काइँला, प्राज्ञ कवि श्रवण मुकारुङ, शृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञात, लीलालेखनका अभियन्ता लेखक डा. रत्नमणि नेपाल र समालोचक अनुपमा रेग्मी उपस्थित थिए। मदन पुरस्कारविजेता तथा शृजनशील अराजकताकै अर्का अभियन्ता लेखक राजन मुकारुङले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा समाजका सबै क्षेत्रका अग्रजहरु, चर्चित लेखक तथा कविहरु र पाठकहरुको भव्य उपस्थिति थियो।
कविताकृति 'मैले बोल्दा देशको नक्सा हल्लिन्छ'लाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो।
