यसैगरी समितिले लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्शा सार्वजनिक गर्न पनि सरकारलाई निर्देशन दिएको छ । भारतले उसको सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्शा जारी गर्न नेपाल सरकारलाई निर्देश गरिएको हो ।
समिति बैठकले नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्शा सुधारेर पाठ्यक्रम बनाउन पनि भनेको छ । सरकारले सीमा सुरक्षालाई अझै चुस्त बनाउने प्रतिवद्धता समितिको बैठकमा उपस्थित गृह मन्त्री रामबहादुर थापाले व्यक्त गरे ।
सशस्त्र प्रहरी बललाई सीमा सुरक्षामा केन्द्रित गर्ने र ३५ किलोमिटरमा रहेका सीमा सुरक्षा पोष्टलाई दश दश मिटरमा बनाइने उनले बताए । भारतले गत नोभेम्बर २ जारी गरेको नयाँ नक्शामा नेपालको कालापानी र लिपुलेक राखेपछि देशभर विरोध प्रदर्शन भएको छ ।