२०६४ चैत २७ गते राति विस्फोटमा घायते भएकालाई इँटाभट्टामा लगेर मारिएको कसुरसम्बन्धी प्रहरीको अनुसन्धान प्रतिवेदनमा आलमसहितका आरोपितमाथि सर्वस्वसहित जन्मकैदको सजाय मागदाबी लिएर प्रहरी जिल्ला सरकारी वकिलको कार्यालय पुगेको पाइएको हो। यो खबर आजको कान्तिपुरमा मातृका दाहालले लेखेका छन्।
‘बम विस्फोटमा घाइते भएकालाई इँट्टाभट्टामा लगेर मारेको अभियोगमा मुलुकी ऐन २०२० ज्यानसम्बन्धी कसुरको दफा १३ क अनुसार आलममाथि सर्वस्वसहित जन्मकैद सजाय मागदाबी गरिएको थियो,’ त्यसबेला प्रहरीले तयार पारेको प्रतिवेदन उल्लेख गर्दै स्रोतले भन्यो,’ तर प्रतिवेदन तथ्य र प्रमाणभन्दा बाहिर गएर बनाइएको तर्क गर्दै सरकारी वकिल कार्यालयले अदालतसम्म नपु¥याई अभियुक्तहरूलाई उन्मुक्ति दियो।’