वन मन्त्रालयमा भत्ताकै लागि एक दिनमै एक-एक घन्टाको फरकमा चारपटक बैठक
वन मन्त्रालयका कर्मचारीले सरकारी ढुकुटीको चरम दुरुपयोग गरेका छन् । भत्ता खानका लागि एकै दिन एक–एक घन्टाको फरकमा चारपटकसम्म बैठक बसेको माइन्युट गरिएको छानबिनबाट खुलेको छ। वातावरण तथा जैविक विविधता महाशाखामातहतको वातावरण प्रभाव मूल्यांकन सुझाब समितिले साढे चार महिनामा एक सय पाँचपटक बैठक बसेको माइन्युट गरेर कर्मचारीलाई १९ लाख २६ हजार बाँडेको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा यम बमले लेखेका छन्। कतिसम्म दुरुपयोग गरिएको छ भने बैठकमा सरोकार नै नहुने आर्थिक प्रशासन महाशाखाका कर्मचारीदेखि वातावरण महाशाखा प्रमुखका पिएसम्मले बैठक भत्ता बुझेका छन्। राष्ट्रिय सतर्कता केन्द्र र मन्त्रालयले गरेको छानबिनमा महाशाखाका तत्कालीन प्रमुख (हाल सुदूरपश्चिम प्रदेश सरकारका उद ...